पर्यटन प्रवर्द्धनका लागि नेपाल पर्यटन बोर्डले युएसएआइडीसँग व्यापार र प्रतिस्पर्धात्मक साझेदारी कार्यक्रमसँग गरेको सहकार्य अनुरूप नेपाल आएका विभिन्न देशका सोशल मिडिया इन्फ्लुयन्सरहरूले नेपाल भ्रमण गरेका छन्।
नेपालका प्रमुख पर्यटकीय गन्तव्यकौ भ्रमणसँगै उनीहरूले नेपाल साच्चिकै प्राकृतिक सौन्दर्यको खानी भएको प्रतिक्रिया दिएका छन्।
उनीहरूले काठमाडौं, पोखरा, मुक्तिनाथ, लुम्बिनी, चितवनलगायतका ठाउँको भ्रमण गर्दै नेपाल प्राकृतिक सौन्दर्य र धार्मिक सांस्कृतिक तथा साहसिक पर्यटनका लागि अनुपम संगम रहेको प्रतिक्रिया दिएका हुन्।
नेपालको पर्यटन प्रवर्द्धनमा सोसन मिडिया र स्टोरी टेलिङको माध्यमलाई कति उपयोग गर्ने भन्ने विषयमा बोर्ड र युएसआइडी नेपालको सहकार्यमा कार्यशाला समेत गरिएको थियो।
कार्यशाला लगत्तै इन्फ्लुयन्सरको टिमले नेपालमा मुख्य पर्यटकीय गन्त्वयको भ्रमण गरका हुन्।
सो भ्रमणमा युएसआइडी अन्तर्गत स्टेलटरका साझेदार निर्देशक भाजुल सजाकास, तथा सोस मिडिया एन्फ्लुयन्सर केनान मुर्फी, लिन्डसे स्टेभन, एरिक मार्ट, अलिसन वोल्फ लगायतले आफ्नो सोशल मिडिया पेजमा नेपालका तस्बिरहरू सेयर गर्दै नेपालको भ्रमण अविस्मरणीय भएको उल्लेख गरे।
विदेशी इन्फुल्यन्सरद्वारा नेपाली पर्यटकीय गन्तव्यको प्रचार हुँदा यसबाट नेपालमा विदेशी पर्यटक बढने अपेक्षा गरिएको छ।
यस्तै यो अभियानले कोभिड–१९ को प्रभावबाट पर्यटन क्षेत्रको पुनः प्राप्तिलाई तीव्रता दिन, उच्च मूल्यवान यात्रुहरूलाई नेपालतर्फ आकर्षित गर्न र नेपालको पर्यटन क्षेत्रको प्रवर्द्धन गर्दै सम्भावित व्यापार र लगानी सम्बन्धहरू बढाउने बोर्डले बताएको छ।
कार्यक्रममा युएसएडका नेपालका कार्यबाहक मिशन निर्देशक, करेन वेल्चले नेपाल पदयात्रा र पर्वतारोहणका लागि राम्रो गन्तव्य भएको बताउँदै यो कार्यक्रमले नेपालको अन्तरराष्टिय रुपमा थप प्रचार हुने बताए।
बोर्डका कार्यकारी प्रमुख डा. धनञ्जय रेग्मीले नेपालको पर्यटन प्रवर्द्धनका लागि युएसएआइडीसँग व्यापार र प्रतिस्पर्धात्मक साझेदारी कार्यक्रमसँग गरेको सहकार्य सकारात्मक रहको बताए।
इन्फलुएन्सरहरूबाट हुने डिजिटल प्रचारले नेपालको पर्यटन प्रवर्द्धनमा सहयोग पुग्ने उनको भनाइ छ।