सन् २०२३ को मे महिनामा ७७ हजार ७३० जना पर्यटक भित्रिएका छन्।
पर्यटन बोर्डका अनुसार मेमा अन्य महिनाको तुलनामा नेपाल घुम्न आउने पर्यटकको संख्या घटेको छ।
अप्रिलमा झन्डै एक लाख पर्यटक भित्रिएका थिए। अघिल्लो महिनाको तुलनामा यो संख्या २१ हजारले कम हो।
मेमा सबैभन्दा बढी भारतीय पर्यटक नेपाल आएका छन्। बोर्डकाअनुसार भारतबाट ३६ हजार ५७५ पर्यटक भित्रिएका हुन्।
त्यस्तै, अमेरिकाबाट ८ हजार ५४५, चीनबाट चार हजार ६६७, बेलायतबाट २ हजार ९२७, अष्ट्रेलियाबाट २ हजार १८४ जना पर्यटक आएका छन्।
त्यस्तैगरी, बंगलादेशबाट २ हजार १६४, मलेसियाबाट एक हजार ३२१, जर्मनीबाट एक हजार १६५, फ्रान्सबाट एक हजार ९७ र दक्षिण कोरियाबाट एक हजार ३९ जना पर्यटक भित्रिएका छन्।
यससगै सन् २०२३ को पाँच महिनामा चार लाख चार हजार २५७ जना पर्यटक भित्रिएका छन्।
बोर्डकाअनुसार जनवरीमा ५५ हजार ७४, फेब्रुअरीमा ७३ हजार २५५, मार्चमा ९९ हजार ४२६ र अप्रिलमा ९८ हजार ७७३ पर्यटक भित्रिएका हुन्।