सरकारले संस्कृती, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका लागि ११ अर्ब ९६ करोड रूपैयाँ बजेट बिनियोजन गरेको छ।
अर्थमन्त्री डा प्रकाश शरण महतले आर्थिक वर्ष २०८०/८१ को बजेट सार्वजनिक गर्दै पर्यटनलाई उच्च प्राथमिकतामा राख्दै ११ अर्ब ९६ करोड रूपैयाँ बजेट विनियोजन गरेको बताएका छन्।
पर्यटन क्षेत्रका लागि चालु आर्थिक वर्षमा ९ अर्ब ३८ करोड रुपैयाँ बजेट विनियोजन गरिएको थियो। आगामी आर्थिक वर्षका लागि २ अर्ब ५८ करोडले बजेट थप गरेको हो।