सरकारले दुई अन्तर्राष्ट्रिय विमानस्थलबाट नियमित रूपमा उडान गर्ने वायुसेवा कम्पनीलाई ग्राउन्ड ह्यान्डलिङ शुल्कमा सहुलियत दिने भएकाे छ।
अर्थमन्त्री डा. प्रकाशशरण महतले संघीय संसदमा आगामी आर्थिक वर्ष २०८०/८१ को बजेट प्रस्तुत गर्दै यस्तो बताएका हुन्।
अर्थमन्त्री महतले गौतमबुद्ध र पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा नियमित उडान भर्ने अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीहरूलाई ग्राउन्ड ह्यान्डलिङ शुल्कमा सहुलियत दिने बताए।
साथै उडान सुरक्षालाई उच्च प्राथमिकतामा राखी गुणस्तरीय पूर्वाधार विकास र सेवा प्रवाहमा सुधार गरिने बताए।