सरकारले नेपाल नागरिक उड्डययन प्राधिकरणलाई पुनर्संरचना गरिने बताएको छ।
अर्थमन्त्री प्रकाशशरण महतले संघीय संसदमा आगामी आर्थिक वर्ष २०८०/८१ को बजेट प्रस्तुत गर्दै नियामक र सेवा प्रदायक निकाय अलग–अलग गरिने बताएका हुन्।
साथै उनले उडान सुरक्षालाई उच्च प्राथमिकतामा राखी गुणस्तरीय पूर्वाधार विकास र सेवा प्रवाहमा सुधार गरिने बताए।