हालैको जेनजी आन्दोलनपछि काठमाडौंमा भएको आगजनी र तोडफोडका कारण सिर्जना भएको क्षति व्यवस्थापनका लागि शिवम् सिमेन्टले सरसफाई कार्यक्रम सुरु गरेको छ।
कम्पनीले जिल्ला प्रशासन कार्यालय, काठमाडौंसँग समन्वय गर्दै कार्यालय परिसर सरसफाईका साथै दैनिक कार्य सञ्चालन सहज बनाउन आवश्यक फर्निचर समेत सहयोग गरेको जनाएको छ।
शिवम् सिमेन्टका प्रतिनिधिहरूले वर्तमान विषम परिस्थितिमा आवश्यक सहयोग र श्रमदान प्रदान गर्दै आगामी दिनहरूमा पनि निरन्तर सरसफाई कार्यक्रम संचालन गर्ने जानकारी दिएका छन्।
कम्पनीले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत समुदाय र शहरलाई व्यवस्थित र सफा बनाउन योगदान दिन प्रतिबद्ध रहेको बताएको छ।
यस अवसरमा कम्पनीले भनेको छ–‘वर्तमान परिस्थितिमा समुदाय र शहरको पुनर्निर्माणका लागि सहयोग र श्रमदान गर्नु हाम्रो कर्तव्य हो। हामी आफ्नो सामाजिक जिम्मेवारी अनुसार काठमाडौंलाई सफा, व्यवस्थित र सुरक्षित बनाउन निरन्तर प्रयासरत रहनेछौं।’