नेशनल एजुकेशनल कन्सलटेन्सी एसोसिएसन (नेका) ले भदौ २४ गतेमा काठमाडौंमा ‘नेका एजुकेशन फेयर २०८२’ आयोजना गर्ने भएको छ।
फेयरमा अष्ट्रेलिया, संयुक्त अधिराज्य, अमेरिका, क्यानडा, जापान, दक्षिण कोरिया, न्यूजिल्यान्ड, युरोपका विभिन्न मुलुक तथा भारतका प्रतिष्ठित विश्वविद्यालय र शैक्षिक संस्थाहरू सहभागी हुनेछन्।
यस अवसरमा सहभागी विद्यार्थीले प्रत्यक्ष विश्वविद्यालय प्रतिनिधिसँग भेटघाट गर्न, प्रश्न सोध्न तथा अध्ययन, छात्रवृत्ति र भिसा प्रक्रियासम्बन्धी जानकारी लिन सक्नेछन्।
नेका अध्यक्ष सन्तोष प्याकुरेलका अनुसार फेयरले केवल शैक्षिक अवसर मात्र नभई आवेदन प्रक्रिया, छात्रवृत्ति जानकारी, प्रस्थानपूर्व अभिमुखीकरण र पूर्ण छात्रवृत्ति पाउने अवसरसमेत उपलब्ध गराउनेछ।
प्रारम्भिक आगन्तुकका लागि निःशुल्क आइइएलटीएस तयारी सत्रको सुविधा पनि रहनेछ।
फेयरमा २९ भन्दा बढी शैक्षिक संस्था सहभागी हुनेछन्। यसले व्यक्तिगत परामर्श, कोर्स छनोट, भर्ना प्रक्रिया तथा पेशागत मार्गनिर्देशनसम्बन्धी सेवा दिनेछ।
साथै, विभिन्न उपहार ह्याम्पर र अन्तर्राष्ट्रिय शिक्षा विज्ञसँग प्रत्यक्ष नेटवर्किङ गर्ने अवसर पनि रहनेछ।
कार्यक्रमका आधिकारिक एयरलाइन पार्टनर मलेसियन एयरलाइन्स र बैंकिङ पार्टनर ग्लोबल आइएमई बैंक रहेका छन्। यसका अतिरिक्त अष्ट्रेलिया, बेलायत, फ्रान्स तथा यूएईका प्रतिष्ठित शैक्षिक संस्थाहरूले सहभागिता जनाएका छन्।
‘नेका एजुकेशन फेयर २०८२’ मा सहभागी हुन शुल्क लाग्दैन। यो बिहान १० बजेदेखि साँझ पाँच बजेसम्म सञ्चालन हुने आयोजकले जनाएको छ।