नेपाली बजारमा हट एण्ड स्पाइसि नुडल्स सेग्मेन्टमा आफ्नो छुट्टै पहिचान बनाएको करेन्ट नुडल्स उत्पादक यसोदा फुड्स ले काठमाडौंको शंखमूलमा लोकप्रिय आउटलेट ‘करेन्ट पोइन्ट’ सञ्चालनमा ल्याएको छ।
यसअघि कम्पनीले बुटवल र काठमाडौंको अनामनगरमा आउटलेट खोलेको थियो। उपभोक्ताको निरन्तर मागपछि नेपाली नारीहरूको महान् चाड हरितालिका तीजको अवसरमा दर खाने दिन यो नयाँ आउटलेट सञ्चालनमा ल्याइएको हो।
करेन्ट पोइन्टको यो नयाँ शाखामा करेन्ट नुडल्सका विभिन्न परिकारहरू उपलब्ध हुनेछन्। विशेषगरी, यहाँ ग्राहकहरूले नूजा, यम्मी स्लर्प, क्रिस्पी रोल्स र चिज पकेट जस्ता बिल्कुलै नयाँ र आकर्षक परिकारहरूको स्वाद लिन पाउनेछन्।
साथै, ग्राहकहरूले आफ्नो रुचिअनुसार मसला र स्वाद पनि रोज्न सक्नेछन्। विशेषगरी युवापुस्तामाझ लोकप्रिय करेन्ट चाउचाउको यो नयाँ आउटलेटले काठमाडौंवासीलाई नौलो र स्वादिष्ट अनुभव प्रदान गर्ने विश्वास कम्पनीले व्यक्त गरेको छ।
अब करेन्टका पारखीहरूले शंखमूलस्थित करेन्ट पोइन्टमा गई विभिन्न प्रकारका स्वादिष्ट र चट्पटा नुडल्सको मजा लिन सक्नेछन्।
समारोहमा बोल्दै यसोदा फुड्सका अध्यक्ष चुन्न प्रसाद पौडेलले बुटवल र अनामनगरमा करेन्ट पोइन्टले पाएको अपार माया र सफलताले आफूहरूलाई काठमाडौंमा थप विस्तार गर्न उत्साहित बनाएको बताए। उनले भने, “काठमाडौंका नुडल्स पारखीहरू, विशेषगरी पिरो र चट्पटा स्वाद मन पराउनेहरूका लागि शंखमूललाई उत्कृष्ट गन्तव्य बनाउने हाम्रो लक्ष्य हो। हामी आशा गर्दछौं, हाम्रो यो नयाँ यात्राले यहाँका उपभोक्ताको स्वादप्रतिको चाहनालाई अझ नयाँ उचाइमा पुर्याउनेछ।”
सन् २०१७ मा स्थापित यसोदा फुड्स प्रा। लि। नेपालको एक अग्रणी खाद्य तथा पेय पदार्थ उत्पादक कम्पनी हो। गुणस्तर र नवीनताप्रतिको प्रतिबद्धताका कारण छोटो समयमै नेपाली उपभोक्ताको मन जित्न कम्पनी सफल भएको छ। कम्पनीले ‘करेन्ट’ ब्रान्ड अन्तर्गत विभिन्न प्रकारका पिरो तथा स्वादिष्ट चाउचाउ उत्पादन गर्दै आएको छ, जुन विशेषगरी युवापुस्तामाझ अत्यधिक लोकप्रिय छ।
‘करेन्ट’ बाहेक, कम्पनीले चिज बल्स, स्टिक्स, पोट्याटो क्र्याकर्स तथा अन्य विभिन्न खाजासमेत उत्पादन गर्दै आएको छ।
स्थानीय नेपाली स्वादलाई अन्तर्राष्ट्रिय स्तरको गुणस्तरसहित प्रस्तुत गर्नु यसोदा फुड्सको मुख्य विशेषता हो। आफ्ना उत्पादनहरू नेपालभरि र विश्वका २२ भन्दा बढी देशमा निर्यात गर्दै कम्पनीले नेपाली उत्पादनलाई विश्वमाझ चिनाउन महत्त्वपूर्ण भूमिका खेलेको छ।