द ब्रिटिस कलेज (टीबीसी) ले छैटौं ‘ब्रिटिस कप २०२५ इन्टर कलेज फुटसल टुर्नामेन्ट’ आयोजना गर्ने भएको छ।
यस वर्ष पहिलो पटक प्रतियोगितामा दुई अलग–अलग डिभिजन समावेश गरिएको छ।
आगामी अगस्ट २५ देखि २९ सम्म बालुवाटारस्थित धुकु फुटसल ग्राउन्डमा हुने प्रतियोगिता हुनेछ।
यस पटक प्लस–टु कलेजहरू अन्तर्गत नाइटिङ्गेल कलेज, चेल्सी कलेज, डीएभी, एलआरआई, भृस्पती कलेज, बीएमसी, एआईटीएम, ओरिएन्टल, भीएस, समृद्धि कलेज, ब्लूवर्ड, डियरवाक, उल्लेन्स, ट्रिनिटी इन्टरनेशनल कलेज, एभरेष्ट फ्लोरिडा, ओरिएन्ट, सीआरसी, ग्लोबल कलेज, क्यास्पियन भ्याली, काष्ठमण्डप, मनास्लु ं२ले प्रतियोगितामा सहभागिता जनाउनेछन् ।
त्यस्तै स्नातक कलेजहरू अन्तर्गत विरिन्ची कलेज, द ब्रिटिस कलेज, ब्रिटिस प्रोफेशनल कलेज, द वेस्टमिनिस्टर कलेज, थेम्स कलेज, सफ्टवैरिका कलेज, आईएससीएमटी, एपेक्स कलेज, हेराल्ड कलेज, एआईटीएम, टेकस्पायर कलेज, नाथएम, प्रेसिडेन्सियल कलेज, एलए कलेज, नागार्जुन कलेज, एआईएमएस, ट्रिनिटी कलेज, वेदस कलेज, साईम, काठमाडौं बिजनेस क्याम्पस, इनसाइट भिजन कलेज तथा आयोजक ब्रिटिस कलेजले सहभागिता जनाउने छन्।
प्रतियोगिताको विजेताले १ लाख रुपैयाँ र उपविजेताले ५० हजार रुपैयाँ प्राप्त गर्नेछन्।
त्यस्तै उत्कृष्ट खेलाडी, उत्कृष्ट गोलकिपर, सर्वाधिक गोलकर्ता र फेयर प्ले टिमलाई ५ हजारदेखि १० हजार रुपैयाँसम्मको नगद पुरस्कारले सम्मान गरिने आयोजकले जनाएको छ।
ब्रिटिस कलेजका मार्केटिङ विभाग प्रमुख अमरदीप मण्डलले छैटौं संस्करण आयोजना गर्न पाउँदा आफूहरू निकै उत्साहित रहेको बताए।
आयोजकका अनुसार यस प्रतियोगिताको मुख्य उद्देश्य विद्यार्थीबीच टिमवर्क र खेलभावनालाई प्रोत्साहन गर्नु रहेको छ।