सरकारले नेपालका लागि युगान्डाको अवैतनिक वाणिज्य दूतमा उद्यमी विनय उपाध्यायलाई नियुक्त गरेको छ।
बुधबार आयोजित एक कार्यक्रममा परराष्ट्र मन्त्रालयले सफल उद्यमी उपाध्यायलाई औपचारिक रुपमा नियुक्ति पत्र हस्तान्तरण गरेको हो।
घरजग्गा तथा आवास विकास र पर्यटन क्षेत्रमा क्रियाशील उद्यमी उपाध्याय व्यापार र अन्तर्राष्ट्रिय साझेदारीमा महत्त्वपूर्ण योगदान पुर्याएका व्यक्ति हुन्।
नियुक्ति पत्र ग्रहण गर्दै व्यवासायी उपाध्यायले युगान्डा र नेपालबीचको सम्बन्धलाई सुदृढ पार्न आफूले प्रयास गर्ने बताए।
दुई देशहरू बीचको द्विपक्षीय सम्बन्धलाई नयाँ उचाइमा पुर्याउन काम गर्ने उनकाे भनाइ छ।
एक सफल व्यवसायी उपाध्यायको नियुक्तिसँगै युगान्डा र नेपालबीच व्यापार, पर्यटन, लगानी र सांस्कृतिक आदानप्रदान जस्ता क्षेत्रहरूमा गहिरो सहकार्यको लागि बाटो खोल्ने अपेक्षा गरिएको छ।