सामसङ इनोभेसन क्याम्पसले त्रिभुवन विश्वविद्यालय अन्तर्गत पूर्वीय इन्जिनियरिङ क्याम्पसका ५६ विद्यार्थीलाई कोडिङ र प्रोग्रामिङ कोर्स पूरा गरेकोमा प्रमाणपत्र प्रदान गरेको छ।
कार्यक्रममा कुलपति प्रा.डा.दीपक आर्यल, क्याम्पस प्रमुख डा. सञ्जय उप्रेती र डीन प्रा. डा. सुशील बी. बज्राचार्यको सहभागिता थियो।
अब सामसङले नयाँ ब्याचका लागि कृत्रिम बुद्धिमत्ता (एआइ) र ठूला तथ्याङ्क (बिग डाटा) सम्बन्धी तालिम सुरु गर्ने जनाएको छ।
सन् २०२२ देखि सञ्चालनमा आएको सामसङ इनोभेसन क्याम्पसले नेपाली युवालाई कृत्रिम बुद्धिमत्ता, इन्टरनेट अफ थिङ्स (आइओटी), ठूला तथ्याङ्क र कोडिङ–प्रोग्रामिङमा तालिम दिँदै आएको छ।