तिहार लागेसँगै राजधानीको पुरानो तथा व्यस्त व्यापारिक थलो असनदेखि सानातिना फुटपाथ पसलसम्ममा भाइमसला किन्नेको भीड बाक्लिन थालेको छ।
विशेषत: कुकुर तिहार, लक्ष्मी पूजा र गोर्वधन पूजाको दिन अत्यधिक भाइमसला बिके पनि अहिले पनि व्यापार राम्रो भइरहेको व्यापारीहरू बताउँछन्।
साधारणतया फुटपाथमा ५०, १ सय र १ सय ५० रुपैयाँ पर्ने मसलाको प्याकेट पाइन्छ।
पसलमा किलोको हिसाबले मसला विक्री हुने घट्टेकुलोस्थित अधिकारी मसला उद्योग सञ्चालक विवेक अधिकारीले बताए।
यो वर्षको तिहारमा भाइमसलाको बजार भाउ यस्तो छ:
मसलाको प्रकार मूल्य (प्रतिकेजी रु)
काजु : १६००
आल्मण्ड (हाडेबदाम) : १३००
बदाम : १८०
पेस्ता : १८००
ओखर(अमेरिकन): ७००
ओखर (चाइनिज): ७००
ओखर (गुदी): १६००–१८००
नरिवल: ५००
मिश्री (धागे): १६०
पान बुट्टे मिश्री: ३००
मिश्री (कटिङ): १६०
अन्जिर: २०००
खुपार्नी: १०००
मखन(फुला) :१०००
दालचिनी: ५५०
ल्वाङ: १४००
सुकमेल :६०००
सुपारी: ७०००
छोकडा (पहेलो): ३००
छोकडा (कालो): २५०
माथिको मूल्य सूची काठमाडौंका केही खुद्रा मसला पसलहरूको मूल्यको आधारमा तयार पारिएको हो।
यो मूल्य पसल अनुसार सामान्य घटबढ हुन सक्छ।