ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री कुलमान घिसिङले मौसमका कारण अहिले बिजुली जाने समस्या भएको बताएका छन्।
आइतबार भौतिक, पूर्वाधार तथा यातायात मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा पत्रकारहरूले घिसिङलाई किन झ्याप्प–झ्याप्प बिजुली गइरहेको हो भन्ने प्रश्न गरेका थिए।
जबाफ दिँदै मन्त्री घिसिङले भने, ‘कुनै ठाउँमा पोल ढलेको छ, कुनै ठाउँमा तार चुटिएको छ। जसले गर्दा समस्या देखिएको हो।’
अहिले बिजुलीको खपत पनि कम रहेकाले अपुग नभएको उनले बताए। तर यस्तै विभिन्न प्राविधिक समस्याका कारण बिजुली जाने समस्या देखिएको उनको भनाइ छ।
‘समस्या देखिएका ठाउँमा समाधानका लागि काम पनि भइरहेको छ, उनले भने।