बाढी तथा पहिरोका कारण बिजुली उत्पादन गरिरहेका १३ जलविद्युत आयोजनाको उत्पादन बन्द भएको स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था (इप्पान) ले जनाएको छ।
त्यस्तै, निर्माणाधीन पाँच जलविद्युत आयोजनामा समेत क्षति पुगेको उल्लेख गरिएको छ।
यो तथ्यांक आइतबार दिउँसो दुई बजेसम्मको हो।
यी हुन् क्षति पुगेका आयोजना:
आयोजनाको नाम क्षमता (मेगावाट)
माइखोला हाइड्रो पावर (४.५)
माइखोला क्यासकेड (८)
माइखोला (२२)
माइखोला क्यासकेड (७)
सुपर माई (७.८)
सुपर माई ए (९.६)
सुपर माई ए क्यासकेड (३)
जोगमाई खोला (७.६)
जोगमाई क्यासकेड (५.२)
तल्लो जोगमाई (६.२)
माइबेनी हाइड्रोपावर (९.५)
माथिल्लो माइखोला (९.९)
माइ सी क्यासकेड (५.१)
सभा खोला बी (२१.५)
हेवा खोला (९.९)
सिद्धी खोला (१०)
ब्रह्मायणी हाइड्रोपावर (३६.५१)
अपर ब्रह्मायणी हाइड्रोपावर (१५.१५)