बाढीबाट क्षति पुगेको नख्खुडोल पुल मर्मत नहुँदा स्थानीयहरु जोखिमपूर्ण यात्रा गर्न बाध्य भएका छन्।
ललितपुर महानगरपालिका–१४ को नख्खुडोल र वडा नं १५ को सैँवु जोड्ने नख्खु खोला पुल गत असोज ११ र १२ गते आएको बाढीले क्षति पुर्याएको थियो।
बाढीले प्वाल पारेको पुल फलामको सहायताले दुई पाङ्ग्रे सवारी गुड्न सक्ने गरी अस्थायीरुपमा एकतर्फी सञ्चालनमा ल्याइको छ।
ललितपुर महानगरपालिका–२५ का स्थानीय मुकेश महर्जन नख्खुडोल पुल भत्केपछि करिब डेढ किलोमिटर पश्चिमतर्फको नख्खु पुल हुँदै यात्रा गर्नुपर्ने बाध्यता थपिएको सुनाउँछन्।
त्यसै गरी घर पनि जोखिममा रहेको र सम्बन्धी निकायले समयमै पुल र नदी किनारको कटानमा पर्खाल लगाउने काम समेत नभएको उनले बताए।
तस्बिरहरूः
-ink-1739431297.jpeg)
-ink-1739431296.jpeg)
-ink-1739431296.jpeg)
-ink-1739431296.jpeg)
-ink-1739431295.jpeg)
-ink-1739431295.jpeg)
-ink-1739431295.jpeg)
-ink-1739431295.jpeg)
सबै तस्बिरः नेपाल फोटो लाइब्रेरी।