बाराको सिमरास्थित हुलास स्टिलले नेपाल विद्युत प्राधिकरण विरुद्ध अदालतले हालेको मुद्दामा उच्च अदालत जनकपुरले अन्तरिम आदेश दिन अस्वीकार गरेको छ।
उद्योगले उद्योगको विद्युत आपूर्ति विच्छेद नगराउनु तथा यथावत राख्नु भनि अन्तरिम आदेश जारी गरिपाउँ भन्दै अदालतमा उजुरी दिएको थियो।
बिजुलीको बक्यौता रकम तिर्न नेपाल विद्युत प्राधिकरणले गरेको पत्राचार विरुद्ध उद्योग अदालत गएको थियो। उक्त मुद्दामा अन्तरिम आदेश दिन अदालतले अस्वीकार गरेको हो।
हुलास स्टिलको बक्यौता रकम १४ करोड १२ लाख पाँच हजार ८६२ रूपैयाँ रहेको प्राधिकरणले जनाएको छ।
बक्यौता नतिरेसम्म लाइन नजोडिने प्राधिकरणले जनाएको छ।