ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई हटाउनुपर्ने आवश्यकता आफूले महसुस नगरेको बताएका छन्।
उनले कुलमान घिसिङलाई हटाउनुपर्ने आवश्यकता भएको भए यत्रो समय नलाग्ने पनि बताए।
'उहाँले पनि यस्तो महसुस गर्नु भएको छैन होला, महसुस गर्नु भएको छ त?' मन्त्री खड्काले घिसिङलाई सोधे।
खड्काले मन्त्रालयको जिम्मेवारी सम्हालेको १०० दिनको अवधिमा ९८ प्रतिशत लक्ष्य हासिल गर्न सफल भएको पनि दाबी गरे।
बुधबार मन्त्रालयमा पत्रकार सम्मेलन आयोजना गर्दै उनले आफ्नो नीति, योजना तथा कार्यक्रमलाई प्रभावकारी रूपमा अघि बढाएको बताए।