कालोपत्र गर्न सीतापाइला-भीमढुंगा-धार्के सडकखण्ड बन्द गरिएको छ।
धादिङको धुनिवेशी नगरपालिका वडा नम्बर ५ ले सूचना जारी गरेर यो सडकखण्ड आइतबारदेखि बन्द गरेको हो।
वडाध्यक्ष विशाल भट्टराईले कालोपत्र गर्न सडक बन्द गर्नुपरेको सेतोपाटीलाई बताए।
‘यो सडकखण्डको करिब १६ किमीमा दोस्रो लेयरको कालोपत्र गर्ने काम आजदेखि सुरू गर्दैछौं, त्यसैका लागि सडक बन्द गरिएको छ,’ उनले भने।
सडक कालोपत्र गर्ने काम सकिएपछि मात्रै यो सडकखण्ड खुल्छ।
नागढुंगा-नौबिसे सडकको विकल्पमा सीतापाइला-भीमढुंगा-धार्के सडकमा सवारी साधनहरू चलेका थिए।
वडाध्यक्ष भट्टराईका अनुसार सीतापाइला-धार्के सडकखण्डका केही ठाउँमा ढलान गर्ने काम र केही ठाउँमा कालोपत्र गर्न बाँकी छ।
भिडिओ: