असोज १० देखि १२ गतेसम्म परेको वर्षाले त्रिभुवन राजपथअन्तर्गत झ्याप्लेखोलालगायत विभिन्न ठाउँमा खसेको पहिरोले नागढुंगा-नौबिसे सडक नराम्रोसँग बिग्रिएको छ।
सडक कतै धुलो त कतै हिलाम्मे छ, खाल्डाखुल्डी छन्। सडकमा सरर सवारी गुड्न नसक्दा यात्रुहरू घन्टौंसम्म जाममा बस्नुपर्ने अवस्था छ।
नागढुंगा-नौबिसेको यो कष्टकर जामको विकल्पमा हिजोआज काठमाडौंको सीतापाइला-भीमढुंगा-धार्केको बाटोमा साना सवारी साधनको चाप छ।
सीतापाइलादेखि धार्केसम्म २४ किमी सडकमध्ये बीच-बीचमा एक-दुई किमी सडक कच्ची छ।
सडक स्तरउन्नती गर्ने काम नसकिँदा केही धुलो भने छ।
‘सीतापाइला-धार्के सडक केही ठाउँमा कालोपत्र गर्न बाँकी भए पनि प्रयोग गर्न सकिने रहेछ,’ दसैं मनाएर गोरखाबाट यही सडक हुँदै काठमाडौं आएका पूर्वप्रधानमन्त्रीसमेत रहेका नेपाल समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराई भन्छन्, ‘धार्केबाट ४५ मिनेटमा सीतापाइला आइपुग्यौं। यो सडकलाई छिटो स्तरउन्नती गर्न सम्बन्धित निकायको ध्यान पुगोस्।’
भिडिओ: