खुर्कोटस्थित सिन्धुली–रामेछाप जोड्ने पुल बगाएको ठाउँमा बेलिब्रिज राख्ने प्रक्रिया सुरू भएको भौतिक पूर्वाधार तथा यातयात मन्त्रालयले जनाएको छ।
यसको जिम्मा नेपाली सेनालाई दिइएको मन्त्रालयका सचिव केशवकुमार शर्माले बताए।
'बेलिब्रिज निर्माणका लागि ढुवानी सुरू भइसकेको छ,' उनले भने।
बाढीले सुनकोशीकै फोकसिङटार लगायत विभिन्न ७ वटा पुल र तीन वटा बेलिब्रिज बगाएको छ। अन्य पुलमा बेलिब्रिज राख्ने सम्बन्धमा छलफल भइरहेको उनले बताए।