नेपाल विद्युत प्राधिकरणलाई भारतले बिहार र हरियाणा राज्यमा थप २५१ मेगावाट बिजुली निर्यातका स्वीकृति दिएको छ।
भारतले विभिन्न १२ वटा जलविद्युत आयोजनाबाट बिजुली निर्यातका लागि स्वीकृति दिएको हो।
भारतले ११.६४ मेगावाटको दोर्दी, ११४.४५३ मेगावाटको मायाखोला र ९.९९१ मेगावाटको डाउन पिलुवा जलविद्युत आयोजनाबाट विजुली लैजानेछ।
त्यसैगरी, १०.६७ मेगावाटको तल्लो खारे, ११.६४ मेगावाटको माथिल्लो खिम्ती, ६.८ मेगावाटको माथिल्लो खिम्ती, २,१४.४ मेगावाटको मोदी, १४.६ मेगावाटको गण्डक, १९.२१ मेगावाटको माथिल्लो सोलु र ११.६४ मेगावाटको दूधकुण्ड जलविद्युत आयोजनाबाट उत्पादित १२५ मेगावाट विद्युत बिहारमा निर्यात हुनेछ।
बिहारसँग प्रसारण लाइन जोडिएका कटैया, रक्सौल र रामनगर विन्दुमार्फत विद्युत निर्यात गरिने उल्लेख गरिएको छ।
७५ मेगावाटको लिखु–१ र ५०.८९ मेगावाटको लिखु–२ बाट उत्पादित १२५.८९ थप विद्युत हरियाणा राज्यमा बिक्री गरिनेछ।
प्राधिकरणले सुख्खायाममा नदीमा पानीको बहाव घटी देशभित्रका नदी प्रवाही जलविद्युत गृहहरूबाट विद्युत उत्पादन घट्ने हुँदा गत आर्थिक वर्षमा भारतबाट एक अर्ब ८९ करोड युनिट अर्थात १६ अर्ब ९३ करोड रूपैयाँको विद्युत आयात गरेको थियो।
तर, यही अवधिमा एक अर्ब ९५ करोड युनिट विद्युत भारतर्फ निर्यात गरी १७ अर्ब ६ करोड रूपैयाँ आम्दानी गरेको थियो।
गत आर्थिक वर्षमा आयातभन्दा १३ करोड रूपैयाँ बढीको विद्युत निर्यात भएको थियो।
गत आर्थिक वर्षबाट खुद विद्युत आयातकर्ताबाट नेपाल खुद विद्युत निर्यातकर्ता बनेको छ।