नागढुंगा–नौबिसे सुरूङ मार्गको मुख्य सुरूङ छिचोलिएको छ।
सोमबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड पुगेर उक्त सुरूङ मार्गको ‘ब्रेक-थ्रु’ गरिएको हो।
प्रधानमन्त्री प्रचण्डले विद्युतीय स्वीच थिचेर ब्लास्टिङ गरेका थिए। ब्लास्टिङ गरेसँगै सुरूङ छिचोलिएको हो।
यो गर्नुपूर्व सुरूङ भित्रै पूजा गर्ने कार्यक्रम पनि राखिएको थियो। जापानी संस्कृति र हिन्दू परम्पराअनुसार पूजा गरिएको हो।
२ हजार ६ सय ८८ लम्बाइको सुरूङमध्ये दुई मिटर खन्न बाँकी थियो। सोमबार दुई मिटर सुरूङ खनेर ब्रेक थ्रु गरिएको हो।
यो पनि: छिचोलियो नागढुंगा सुरूङ, कहिलेदेखि गुड्छ सवारी साधन?
२७ तस्बिरमा हेर्नुस् सुरूङमार्गको ब्रेक थ्रु: