धादिङको सिस्नेखोला र काठमाडौंको नागढुंगा सुरूङमार्गको सहायक (इभ्याकुएसन) सुरूङको 'ब्रेक थ्रु' भएको छ।
सोमबार अपराह्न इभ्याकुएसन सुरूङको ब्रेक थ्रु गरिएको हो।
सुरूङ ब्रेक थ्रु गर्दा भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालालगायत उपस्थित थिए।
यो सुरूङको लम्बाई २ हजार पाँच सय ५७ मिटर छ। सुरूङ आपतकालीन अवस्थाका लागि प्रयोगमा आउनेछ।
आयोजनाको मुख्य सुरूङ भने अब ५०० मिटर खन्न बाँकी छ।
मुख्य सुरूङ २ हजार ६ सय ८८ मिटर लामो हुनेछ। दसैंसम्म यो सुरूङ पनि ब्रेक थ्रु गर्ने गरी काम भइरहेको छ।
सुरूङ निर्माणको काम वि.सं. २०७६ कात्तिक ४ देखि सुरू गरिएको थियो।
सुरूङ निर्माणका लागि २२ अर्ब रुपैयाँ लाग्नेछ। जाइकाले १६ अर्ब रुपैयाँ सहयोग उपलब्ध गराएको छ भने बाँकी नेपाल सरकारले आन्तरिक स्रोतबाट व्यवस्थापन गरेको छ।