पैसा खर्च गरेर पनि समयमा ल्याब रिपोर्ट नपाएको धेरै सेवाग्राहीको गुनासो बढिरहेको पाइएको छ । विगत केही सातादेखी प्रतिष्ठानमा मिर्गौलासम्बन्धी जाँच गर्ने उपकरणमा आएको खराबीका कारणले सेवाग्राहीले आपत्कालीन जाँचको रिपोर्ट प्र्राप्त गर्न हप्तौँ कुर्नु परिरहेको छ भने अन्य ल्याब रिपोर्ट प्राप्त गर्न पनि प्रविधि प्रणालीमा आएको खराबीले गर्दा धेरै सेवाग्राहीले हैरानी ब्यहोर्नु परेको छ ।
दैनिक दुई हजारभन्दा बढी नयाँ सेवाग्राही अस्पतालमा स्वास्थ्य जाँचका लागि प्रतिष्ठान पुग्ने र सामान्य रगत जाँचदेखि मिर्गौलासम्बन्धी जाँचको रिपोर्ट लिन हप्तौं कुर्नुपर्ने बाध्यात्मक अवस्था आफूहरुले पनि टुलुटुलु हेरिरहनु परेको सूचना अधिकृत सुजेन्द्र तामाङले स्वीकार गरे । उनले व्यवस्थापकीय कमजोरीले गर्दा त्यस्तो बेथिति मौलाएको बताए ।
टाढा टाढाबाट उपचार सेवा लिन आएका सेवाग्राहीले हप्तौं धाउनु पर्ने बाध्यात्मक अवस्थाले प्रतिष्ठानको चिकित्सकीय सेवाप्रति यो पछिल्लो व्यवस्थापन ज्यादै उदासिन देखिएको पाइएकोमा आम सेवाग्राहीले हैरानी ब्यहोर्नु परेको हो ।