आइएमई जनरल इन्स्योरेन्स र नेपाल मेडिसिटी हस्पिटल बीच नगद रहित सेवा प्रदान गर्ने सम्झौता भएको छ।
उक्त सम्झौतापत्रमा आइएमई जनरल इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत युगेशभक्त बादे श्रेष्ठ र नेपाल मेडिसिटी हस्पिटलका महाप्रबन्धक विजय रिमालले हस्ताक्षर गरे।
यस सम्झौता पश्चात आइएमई जनरल इन्स्योरेन्सबाट औषधोपचार बीमा सेवा खरिद गर्ने ग्राहक महानुभावहरुको बीमालेखको सीमासम्म नेपाल मेडिसिटी हस्पिटलबाट नगद रहित हस्पिटलाईजेसन सेवा प्राप्त हुने बताइएको छ।
उक्त कार्यक्रममा कम्पनीका प्रमुख कार्यकारी अधिकृत श्रेष्ठले कम्पनीले बैंक तथा वित्तीय संस्थाहरु, व्यापारिक प्रतिष्ठानहरु, उद्योगी तथा व्यापारी लगायत सम्पूर्ण ग्राहक महानुभावहरुसंग सुमधुर सम्बन्ध स्थापित गरी व्यवसाय विस्तार गर्दै बीमा क्षेत्रमा उच्चकोटीको सेवा प्रदान गर्न व्यवस्थापन प्रतिवद्ध रहेको जानकारी दिए।