काठमाडौंको धापासीमा रहेको ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालले नयाँ बर्ष २०७५मा बिशेष स्वास्थ्य परिक्षण प्याकेज ल्याएको छ।
यस नयाँ बर्ष प्याकेजमा तीन किसिमका प्याकेज रहेको अस्पतालले जनाएको छ।
अस्पतालका अनुसार पहिलो कार्डियाक प्याकेज अन्तर्गत २०७५रुपैयाँमा मुटु परिक्षण अन्तर्गत इसिजि, एको, सिबिसि, ब्लड सुगर (फास्टिङ), सोडियम, पोटासियम, क्रियाटिनिन, लिपिड प्रोफाइल, युरिक एसिड, चेष्ट एक्स रे तथा डाक्टर सँगको कन्सल्टेशन समाबेश गरिएको छ।
त्यसैगरी, दोश्रो अर्थो प्याकेज रहेको छ। जस अन्तर्गत २०७५ रुपैयाँमा हाडजोर्नी सम्बन्धि परिक्षणहरु बिएमडी-बोन मिनरल डेन्सिटोमेट्री,क्याल्सियम, युरिक एसिड तथा डाक्टर सँगको कन्सल्टेशन समाबेश गरिएको अस्पतालले जनाएको छ।
र तेश्रो प्याकेज अन्तर्गत डायबेटिज प्याकेज रहेको छ। अस्पतालका अनुसार यस प्याकेजमा २०७५ रुपैयाँमा मधुमेह सँग सम्बन्धित जाँचहरु ब्लड सुगर (फास्टिङ) ब्लड सुगर (पिपि), क्रियाटिनिन, लिपिड प्रोफाइल, युरिक एसिड, युरिन रुटिन, इसिजि, आइ कन्सल्टेसन, डेन्टल कन्सल्टेशन तथा डाक्टर सँगको कन्सल्टेशन समाबेश गरिएको छ।
प्याकेज अफर अवधिभर अतिरिक्त परिक्षणका रुपमा भिटामिन डि तथा एचबिएवनसी परिक्षण शुल्कमा ५० प्रतिशत छुट प्रदान गरिने अस्पतालले जनाएको छ।
अस्पतालका अनुसार नयाँबर्ष बिशेष स्वास्थ्य परिक्षण प्याकेज अफर २०७५ बैशाख २ गतेदेखी लागू हुनेछ।