बुधबार सुनको भाउ तोलामा एक हजार एक सय रूपैयाँले घटेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको मूल्य सुचीअनुसार बुधबार स्थानीय बजारमा सुन प्रतितोला दुई लाख ३७ हजार दुई सय रूपैयाँमा कारोबार भइरहेको छ।
मंगलबार सुन तोलाको दुई लाख ३८ हजार तीन सय रूपैयाँमा कारोबार भएको थियो।
त्यस्तै, बुधबार चाँदीको मूल्य पनि प्रतितोला २५ रूपैयाँले घटेको छ। मंगलबार तीन हजार १५ रूपैयाँमा कारोबार चाँदी बुधबार दुई हजार ९ सय ९० रूपैयाँमा कारोबार भइरहेको छ।
अन्तर्राष्ट्रिय बजारमा अहिले सुन प्रतिऔंस तीन हजार ९ सय ७४ अमेरिकी डलरमा कारोबार भइरहेको छ।