लगातर घट्दो क्रममा रहेको सुनको भाउ मंगलबार थप घटेको छ।
मंगलबार सुन प्रतितोला दुई हजार नौ सय रूपैयाँले घटेको हो। मंगलबार सुन प्रतितोला दुई लाख ३७ हजार रूपैयाँमा किनबेच भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले उल्लेख गरेको छ।
सोमबार सुनको मूल्य तोलामा दुई हजार रूपैयाँले घटेर दुई लाख ३९ हजार ९ सय रूपैयाँमा कारोबार भइरहेको थियो।
अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य लगातार घटिरहेपछि नेपालमा पनि मूल्य घटेको हो।
तिहार यता मात्रै सुन प्रतितोला १६ हजार पाँच सय रूपैयाँले घटिसकेको छ।
सोमबार बेलुका अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य प्रतिऔंस तीन प्रतिशतसम्म घटेको थियो। अहिले भने सुन प्रतिऔंस तीन हजार नौ सय ७५ डलरमा कारोबार भइरहेको छ। यसअघि सुन प्रतिऔंस चार हजार चार सय डलरसम्म पुगेर ऐतिहासिक उचाई बनाएको थियो।
मंगलबार चाँदी पनि तोलामा ६० रूपैयाँले घटेर दुई हजार नौ सय २० रूपैयाँमा कारोबार भइरहेको छ।