स्थानीय बजारमा आइतबार सुनको मूल्य स्थिर छ।
शनिबार प्रतितोला दुई लाख ३८ हजार रूपैयाँमा कारोबार भएको सुन आइतबार पनि सोही मूल्यमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
महासंघका अनुसार आइतबार चाँदीको मूल्य पनि स्थिर छ। शनिबार प्रतितोला तीन हजार एक सय २५ रूपैयाँमा कारोबार भएको चाँदी आइतबार पनि सोही मूल्यमा कारोबार भइरहेको छ।
अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस चार हजार १७ अमेरिकी डलरमा कारोबार भइरहेको छ।