स्थानीय बजारमा बुधबार सुनको मूल्य स्थिर छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला २ लाख १४ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ।
अघिल्लो दिन मंगलबार पनि यही मूल्यमा कारोबार भईरहेको थियो। सोमबार भने सुन प्रतितोला दुई लाख ११ हजार ६ रूपैयाँमा कारोबार भएको थियो।
त्यस्तै, आज चाँदीको मूल्य तोलामा १० रुपैयाँले घटेको छ।
मंगलबार प्रतितोला २५ सय १५ रूपैयाँमा कारोबार भएको चाँदी बुधबार २५ सय ५ रूपैयाँमा कारोबार भएको छ। अन्तराष्ट्रिय बजारमा आज सुन प्रतिओस ३६४१ डलरमा कारोबार भएको छ।