बजारमा सुनको भाउ घटेको। नेपाल सुनचाँदी व्यवसायी महासंघको तथ्यांक अनुसार अघिल्लो दिनको तुलनामा आज सुन प्रतितोला सात सय रूपैयाँले घटेको हो।
गत साता शुक्रबार प्रतितोला एक लाख ९६ हजार दुई सय रूपैयाँमा कारोबार भएको सुन आज प्रतितोला एक लाख ९५ हजार पाँच सय रूपैयाँमा झरेको छ।
त्यस्तै, शुक्रबार चाँदीको मूल्य पनि घटेको छ।
शुक्रबार प्रतितोला २३ सय १५ रूपैयाँमा कारोबार भएको चाँदी आज प्रतितोला २३ सय १० रूपैयाँमा कारोबार भइरहेको छ। यो अघिल्लो दिनको तुलनामा प्रतितोला पाँच रूपैयाँले न्यून हो।
अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस ३३ सय ३५ अमेरिकी डलरमा कारोबार भइरहेको छ भने चाँदी ३८.०१ अमेरिकी डलरमा कारोबार भइरहेको छ।