बजारमा सुनको भाउ घटेको। नेपाल सुनचाँदी व्यवसायी महासंघको तथ्यांक अनुसार अघिल्लो दिनको तुलनामा आज सुन प्रतितोला ६ सय रूपैयाँले घटेको हो।
बिहीबार एक लाख ९६ हजार आठ सय रूपैयाँमा कारोबार भएको सुन शुक्रबार प्रतितोला एक लाख ९६ हजार दुई सय रूपैयाँमा झरेको छ।
त्यस्तै, शुक्रबार चाँदीको मूल्य पनि घटेको छ।
बिहीबार प्रतिताेला २३ सय ४० रूपैयाँ पुगेको चाँदी शुक्रबार २३ सय १५ रूपैयाँमा कारोबार भएको छ। यो अघिल्लो दिनको तुलनामा प्रतितोला २५ रूपैयाँले न्यून हो।
आज अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस ३३ सय ४२ अमेरिकी डलरमा कारोबार भइरहेको छ भने चाँदी ३८.०६ अमेरिकी डलरमा कारोबार भइरहेको छ।