व्यवसायीलाई सुन खरिद गर्ने सिफारिस दिँदा शुल्क नलिन नेपाल राष्ट्र बैंकले सुन-चाँदी व्यवसायी संघहरूलाई निर्देशन दिएको छ।
संघको सिफारिसमा मात्रै व्यवसायीहरूले वाणिज्य बैंकबाट सुन खरिद गर्न पाउँछन्।
सुन आयात गर्ने अधिकार वाणिज्य बैंकहरूलाई मात्रै छ।
वाणिज्य बैंकबाट व्यवसायीहरूले सुन किन्न पाउने दैनिक कोटा २० केजी रहेको छ।