स्थानीय बजारमा सुनको मूल्य घटेको छ। गत कात्तिक १३ गते प्रतितोला एक लाख ६८ हजार ५०० रूपैयाँमा कारोबार भएको सुनको मूल्य त्यसयता लगातार बढेको थियो।
कात्तिक १५ गते (तिहारअघि तोकिएको अन्तिम मूल्य) प्रतितोला एक लाख ७१ हजार रहेको थियो। त्यसयता सोही मूल्यमा कारोबार भएको थियो।
आज स्थानीय बजार प्रतितोला एक लाख ६८ हजार २०० रूपैयाँ कारोबार मूल्य तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
यो अघिल्लो दिनको कारोबार मूल्यको आधारमा यस दिन सुनको मूल्य दुई हजार आठ सय रूपैयाँ कम हो।
आज चाँदीको मूल्य पनि केही घटेको छ। यस दिनको लागि प्रतितोला दुई हजार ३० रूपैयाँ मूल्य निर्धारण गरिएको महासंघले जनाएको छ। अघिल्लो दिनको कारोबार मूल्य दुई हजार ९० रूपैयाँ थियो।