आज नेपाली बजारमा छापावाल सुनको भाउ प्रतितोला एक लाख ५७ हजार एक सय रूपैयाँ छ।
यो बिहीबारको तुलनामा एक हजार पाँच सय रूपैयाँ बढी हो। बिहीबार छापावाल सुन प्रतितोला एक लाख ५५ हजार ६ सय रूपैयाँमा कारोबार भएको थियो।
गत असोज एक गते सुनको मूल्य हालसम्मकै उच्च अर्थात् एक लाख ५७ हजार तीन सय रूपैयाँमा कारोबार भएको थियो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज चाँदीको भाउ प्रतितोला ५५ रूपैयाँले बढेको छ।
बिहीबार प्रतितोला एक हजार आठ सय ८० रूपैयाँमा कारोबार भएको चाँदी शुक्रबार प्रतितोला एक हजार नौ सय १५ रूपैयाँ पुगेको छ।
आज अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस २५ सय ९४ अमेरिकी डलरमा कारोबार भइरहेको छ।