साताको पहिलो दिन अर्थात् आइतबार नेपाली बजारमा सुनको भाउ घटेको छ भने चाँदीको मूल्य स्थिर रहेको छ।
अघिल्लो दिन अर्थात् शुक्रबार प्रतितोला एक हजार तीन सय रूपैयाँ घटेको सुनको मूल्य आइतबार प्रतितोला दुई सय रूपैयाँ घटेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख २० हजार पाँच सय रूपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख १९ हजार नौ सय रूपैयाँमा कारोबार भइरहेको छ।
शुक्रबार छापावाल सुन प्रतितोला एक लाख २० हजार सात सय रूपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख २० हजार एक सय रूपैयाँमा कारोबार भएको थियो।
त्यसैगरी, आइतबार चाँदीको मूल्य भने स्थिर रहेको छ।
शुक्रबार प्रतितोला १४ सय ५५ रूपैयाँमा कारोबार भएको चाँदी आइतबार पनि सोही मूल्यमा किनबेच भइरहेको छ।
आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस दुई हजार ६३ अमेरिकी डलरमा कारोबार भइरहेको छ।