साताको पहिलो दिन अर्थात् आइतबार नेपाली बजारमा सुनको भाउ सामान्य बढेको छ भने चाँदीको मूल्य घटेको छ।
अघिल्लो दिन अर्थात् शुक्रबार प्रतितोला आठ सय रुपैयाँ बढेको सुनको मूल्य आइतबार प्रतितोला एक सय रूपैयाँ बढेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख १९ हजार नौ सय रूपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख १९ हजार तीन सय ५० रूपैयाँमा कारोबार भइरहेको छ।
शुक्रबार छापावाल सुन प्रतितोला एक लाख १९ हजार आठ सय रूपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख १९ हजार दुई सय ५० रूपैयाँमा कारोबार भएको थियो।
त्यसैगरी, आइतबार चाँदीको मूल्य भने घटेको छ।
शुक्रबार प्रतितोला १४ सय ८५ रूपैयाँमा कारोबार भएको चाँदी आइतबार प्रतितोला १४ सय ७५ रूपैयाँमा किनबेच भइरहेको छ।
यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला १० रूपैयाँ घटेको हो।
आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस दुई हजार ५३ अमेरिकी डलरमा कारोबार भइरहेको छ।