नेपाली बजारमा मंगलबार सुनको मूल्य बढेको छ।
नेपाली सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला दुई सय रूपैयाँ बढेको हो।
आज छापावाल सुन प्रतितोला एक लाख १८ हजार रूपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख १७ हजार चार सय ५० रूपैयाँमा कारोबार भइरहेको छ।
अघिल्लो दिन छापावाल सुन प्रतितोला एक लाख १७ हजार आठ सय रूपैयाँमा कारोबार भएको थियो।
महासंघका अनुसार आज बजारमा चाँदीको मूल्य भने अघिल्लो दिनको तुलनामा प्रतितोला पाँच रूपैयाँ घटेको छ।
मंगलबार चाँदी प्रतितोला एक हजार चार सय ५० रूपैयाँमा कारोबार भइरहेको छ। अघिल्लो दिन चाँदी प्रतितोला एक हजार चार सय ५५ रूपैयाँमा कारोबार भएको थियो।
आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस दुई हजार २४ अमेरिकी डलरमा कारोबार भइरहेको छ।