शुक्रबार नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघले गत सोमबार छापावाल सुन प्रतितोला एक लाख १३ हजार दुई सय रूपैयाँमा ताेकेकाे थियो। त्यसबीचमा भने तिहारका कारण महासंघले मूल्य ताेकेकाे थिएन।
आज दुई हजार तीन सय रूपैयाँले बढेर एक लाख १५ हजार पाँच सय रूपैयाँमा कारोबार भएको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघले शुक्रबार चाँदीकाे मूल्य प्रतिताेला १४ सय ५० रुपैयाँ ताेकेकाे थियो।
अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस १९ सय ८४ अमेरिकी डलरमा कारोबार भइरहेको छ।