नेपाली बजारमा बुधबार सुनको भाउ बढेको छ।
गत मंगलबारदेखि घट्ने क्रममा रहेको सुनको भाउ बुधबार भने बढेको हो।
गत मंगलबार प्रतितोला चार सय रुपैयाँ, बुधबार प्रतितोला आठ सय रुपैयाँ, बिहीबार प्रतितोला एक हजार चार सय रुपैयाँ, शुक्रबार प्रतितोला आठ सय रुपैयाँ, आइतबार प्रतितोला आठ सय रुपैयाँ, सोमबार प्रतितोला एक सय रुपैयाँ र मंगलबार प्रतितोला एक हजार तीन सय रुपैयाँ गरी सात दिनमा सुनको भाउ प्रतितोला पाँच हजार छ सय रुपैयाँ घटेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख छ हजार नौ सय रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख छ हजार चार सय रुपैयाँमा कारोबार भइरहेको छ।
मंगलबार छापावाल सुन प्रतितोला एक लाख छ हजार छ सय रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख छ हजार एक सय रुपैयाँमा कारोबार भएको थियो।
यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला तीन सय रुपैयाँ बढेको हो।
त्यसैगरी, बुधबार चाँदीको मूल्य भने स्थिर रहेको छ।
आज चाँदी प्रतितोला एक हजार तीन सय १० रुपैयाँमा कारोबार भइरहेको छ।
मंगलबार पनि चाँदी सोही मूल्यमा कारोबार भएको थियो।
आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस १८ सय २३ अमेरिकी डलरमा कारोबार भइरहेको छ।