सुनको मूल्य प्रतितोला ५९ हजार रुपैयाँ पुगेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्ले दिन ५८ हजार ८ सय रुपैयाँमा कारोबार भएको सुन बुधबार प्रतितोला २ सयले बढेर ५९ हजारमा कारोबार भएको छ।
यो छापावाला सुनको मूल्य हो। स्टाण्डर्ड सुनको मूल्य प्रतितोला ५८ हजार ७ सय रुपैयाँ रहेको छ।
त्यस्तै अघिल्लो दिन प्रतितोला ७ सय ६५ रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य आज पनि सोहि कायम रहेको छ।