ओपोले ‘दशैं स्क्र्याच एण्ड वीन अफर’का विजेताहरुलाई पुरस्कार वितरण गरेको छ।
सोमबार काठमाडौंको कमलपोखरी स्थित ग्राहक सेवा केन्द्रमा एक कार्यक्रमको आयोजना गरी कम्पनीले विजेताहरुलाई पुरस्कार हस्तान्तरण गरेको हो।
दशैंको अवसर पारेर क्यामेरा फोन निर्माता ओपोले उपहार योजना सार्वजनिक गरेको थियो। ओपो नेपालका प्रबन्ध निर्देशक बबी झाओले विजेताहरुलाई पुरस्कार वितरण गरेका थिए।
कम्पनीले ‘दशैं स्क्र््याच एण्ड विन अफर’को सञ्चालन सेप्टेम्बर १५ देखि ३० सम्म गरेको थियो।
१५ दिन सम्म सञ्चालित उक्त उपहार योजना अन्तर्गत हजारौँ उपभोक्ताले नगद उपहारका साथै ओपो ए३७ मोबाइल, ३२ ईञ्च एलसीडी टीभी, फ्यान तथा ग्राण्ड प्राइजका रुपमा थाइल्याण्ड ट्रिप समेत हात पारेका छन्।
योजना अन्तर्गतको ग्राण्ड प्राइज थाइल्याण्ड ट्रिप सामाखुसी काठमाडौंका राम प्रसाद पाललाई हस्तान्तरण गरिएको छ।
पालले योजना सञ्चालन भएको छैठौँ दिनमै स्क्र्याच कार्ड मार्फत ग्राण्ड प्राइज हात पारेका थिए।
दशैं स्क्र््याच एण्ड विन अफर अन्तर्गत ओपो मोबाइल खरिद गर्ने हरेक उपभोक्तालाई स्क्र्याच कार्ड प्रदान गरिएको थियो।
उक्त कार्ड स्क्र्याच गरी उपभोक्तालाई योजना अन्तर्गतका उपहारहरुमा २ सय वा ५ सय नगद, फ्यान, ओपो ए३७ मोबाइल, ३२ ईञ्च एलसीडी टीभी र थाइल्याण्ड ट्रिप जित्ने अवसर प्रदान गरिएको जानकारी थियो।
सोही अवधिभरी ओपोका मोबाइल फोन खरिद गर्ने उपभोक्तालाई कम्पनीले १ बर्षको एक्स्ट्ेण्डेड वारेण्टि कार्डपनि उपलब्ध गराएको थियो।