राजधानीको भृकुटीमण्डपमा बिहीबारदेखि दोस्रो सुविसु क्यान कमटेक मेला सुरु भएको छ। कमटेकमा सूचना तथा संचार क्षेत्रसँग सम्वन्धित ८७ स्टलहरु रहेको आयोजक क्यानले जनाएको छ।
यसको मुख्य स्पोन्सर सुविसु केबल इन्टरनेट रहेको छ। मेलामा विभिन्न ब्रोडब्याण्ड इन्टरनेट सेवा तथा तिनको शुल्क र जडानबारे जानकार लिन सकिन्छ। त्यस्तै इन्टरनेटलाई सुरक्षित बनाउने उपाय तथा विभिन्न कम्प्युनिकेसन टेक्नोलोजीहरु पनि मेलामा राखिएको छ।
मेलामा प्रवेश गर्नेका लागि ५० रुपैयाँ शुल्क र विद्यार्थीका लागि २५ रुपैयाँ तोकिएको आयोजकले जनाएको छ। मेला असोज १ गतेसम्म संचालन हुनेछ। बिहान ११ बजेदेखि मेलाको अवलोकन गर्न सकिनेछ।