ओप्पोले आकर्षक डिजाइनमा अत्याधुनिक सेल्फी प्रविधि नयाँ फोन सार्वजनिक गर्ने घोषणा गरेको छ। ओप्पोले नेपाली उपभोक्ताको माग र आवश्यकतालाई दृष्टिगत गर्दै नयाँ क्यामेरा फोन ओप्पो ए७१ सार्वजनिक गर्ने घोषणा गरेको हो।
सार्वजनिक गर्ने तयारीमा रहेको ए७१मा अक्टा–कोर सीपीयू, ३ जीबी ¥याम र ३ हजार एमएएच ब्याट्री उपलब्ध हुने कम्पनीले जनाएको छ।
अक्टा कोर प्रोसेसर सुसज्जित ए७१ले प्रयोगकर्तालाई सहज फोन परिचालनको अनुभुति प्रदान गर्नुका साथै यसको फ्रण्ट क्यामेरामा ओप्पोको विशेष ब्यूटिफाई ४.० फोटोग्राफी प्रविधि पनि उपलब्ध हुनेछ।
जीवनका अमुल्य पल जीवन्त रुपमा कैद गर्नका लागि उत्कृष्ट रियर क्यामेराको ब्यवस्था हुने कम्पनीले जनाएको छ। कम्पनीका अनुसार ए७१मा स्लिम मेटालिक यूनी बडी डिजाइनको प्रयोग गरिएको छ। यसले फोनलाई पृथक र आकर्षक देखाउनुका साथै प्रिमियम लुक्स पनि प्रदान गर्नेछ।
कम्पनीले नयाँ फोन सेप्टेम्बर १८ अर्थात आगामी सोमबार सार्वजनिक गर्ने भएको छ। देशभरका विक्रि केन्द्र मार्फत फोन उपलब्ध हुने कम्पनीले जनाएको छ। ‘सार्वजनिक हुने नयाँ फोन ए७१ ले उपभोक्ताको माग र आवश्यकतालाई विशेष ध्यान दिएको छ’ ओप्पोको नेपालका लागि प्रमुख कार्यकारी अधिकृत जोनी जीले भने ‘नयाँ फोनले प्रयोगकर्तालाई मल्टिटास्किङका साथै तिब्रताका साथ एप्सबीच स्विच गर्नमा समेत सहज अनुभुति प्रदान गर्नेछ।’
ओप्पोको नयाँ फोनले आफ्ना पुराना मोडलले झैँ मोबाइल फोटोग्राफी क्षेत्रकै गेम चेन्जरका रुपमा रहँदै ‘सेल्फी’ प्रविधिलाई थप अगाडि बढाउने विश्वास कम्पनीको छ।