एनसेलले बाँकेको कोहलपुर र सुर्खेतको विरेन्द्रनगरमा आफ्नो फोरजी सेवा संचालनमा ल्याएको छ। शुक्रबारदेखि यो सेवा संचालनमा आएको कम्पनीले जनाएको छ।
फोरजी सिम तथा सपोर्ट गर्ने मोबाइल सेटबाट प्रिपेड तथा पोस्टपेड ग्राहकले अब कोहलपुर र विरेन्द्रनगरमा पनि द्रुत गतिको मोवाइल ब्रोडब्याण्ड सेवाको लाभ लिन सक्नेछन्। सिम कार्डलाई फोरजीमा परिवर्तन नगरेकाले भने नजिकैको एनसेल सेन्टरमा गई फोरजी चल्ने सिम (युसिम) सँग १ रुपैयाँ मात्रै शुल्क तिरेर साट्न सक्नेछन्।
यसरी सिम साट्नका लागि नागरिकता वा सवारी चालकअनुमतिपत्रको प्रतिलिपी पेश गर्नुपर्नेछ। यसरी सिम परिवर्तन गर्दा मोवाइल नम्बर परिवर्तन हुने छैन।
कम्पनीका अनुसार सिम परिवर्तन गर्नेले १ जिबी फोरजी डेटा पनि प्राप्त गर्नेछन्। प्राप्त डेटा ३ दिनको लागि मान्य हुनेछ। एनसेलले फोरजी सेवा पहिलो पटक जेठ १८ मा काठमाडौं उपत्यका (नगरकोट सहित), बनेपा र धुलिखेलमा संचालनमा ल्याएको थियो।
कम्पनीको फोरजी सेवा हाल पोखरा, दमौली, विराटनगर, विर्तामोड, दमक, धरान, भरतपुर, हेटौडा, विरगंज, भैरहवा, बुटवल लगायत नेपालगञ्जमा पनि उपलब्ध छ।
एनसेलका कर्पाेरेट सर्भिसेज निर्देशक प्रणय आचार्यले लक्ष्यअनुरुप देशका अन्य क्षेत्रमा पनि फोरजी सेवा विस्तार गर्दै लैजाने बताए। उनले भने ‘एनसेलले सन् २०१८ को अन्त्य सम्ममा ४० शहरहरुमा फोरजी सेवाविस्तार गर्दै, ग्राहकलाई दु्रत गतिको मोवाइल ब्रोडब्याण्डले ल्याउने नयाँ अवसरहरुबाट लाभ पुर्याउने छ।’
फोरजी/एलटिई सेवाको सुरुवात सँगसँगै एनसेलले ग्राहकलाई आकर्षक साप्ताहिक कम्बो प्याक प्रदान गर्दै आएको छ। यस अन्तर्गत एनसेलका सबै ग्राहकहरुले सुलभ दरमा भ्वाइस, डेटा, एसएमएस र निःशुल्क योण्डर म्युजिक सेवाको मजा एकै प्याकमार्फत लिन सक्नेछन्। ग्राहकले एस्ट्रिक्स३२४ह्यास डायल गरी एनसेलको फोरजी सेवाको साथ योण्डर म्युजिकको निःशुल्क मजालिन सक्नेछन्।
योण्डर म्युजिक २ करोड भन्दा बढि गीतहरु रहेको एक वृहत डिजीटल लाइब्रेरी हो, जसमा १५,००० भन्दा बढि नेपाली गीतसंगीतहरु पनिउपलब्ध छन् । ग्राहकले अंग्रेजीमा ‘क्यु’ टाइप गरी ३२४ मा एसएमएस पठाई आफ्नो सिमफोरजी सिम हो की होइन भन्ने जानकारी प्राप्तगर्न सक्छन्।