सामसङको आधिकारिक बितरक हिम इलेक्ट्रोनिक्सले क्यू एलईडी टिभी बजारमा ल्याएको छ।
काठमाडौंको सोल्टी क्राउन प्लाजामा डिलर्स मिटको आयोजना गरी कम्पनीले सामसङ क्यू एलईडी टिभी बजारमा सार्वजनिक गरेको हो।
नेपालका लागि सामसङका निर्देशक वोन तथा हिम इलेक्ट्रोनिक्स प्रालिका प्रबन्ध निर्देशक शेखर गोल्छाले डिलरहरुलाई सम्बोधन गरेका थिए।
सही समिश्रणको कलरमा परिवर्तन गराउने एक्लुसिभ क्वान्टम डट्सका कारण शत प्रतिशत कलर भोलुम प्राप्त हुने कम्पनीको दावी छ।
यसमा १० लाखभन्दा बढी रंगहरुको संयोजन गरिएको रसूपेरियर पिक ब्राइटनेस रहेकाले दिउँसो उज्यालोमा पनि सहजै हेर्न सकिने कम्पनीले जनाएको छ।