चिनियाँ मोबाइल ब्राण्ड रियलमीले रियलमी–१५ सिरिज भारतीय बजारमा सार्वजनिक गर्ने भएको छ।
भारतीय सञ्चार माध्यमका अनुसार कम्पनीले जुलाई अन्तिम साता सार्वजनिक गर्ने भएको हो।
कम्पनीले यो सिरिज अन्तर्गत रियलमी–१५ र रियलमी–१५ प्रो सार्वजनिक गर्ने भएको हो। यी फोनमा क्वालकम स्न्यापड्रागन–७ जेन–४ प्रोसेसर जडान गरिएको छ।
फोनमा ट्रिपल क्यामरा छ। ग्राहकले फोन तीन रंगमा किन्न पाउँनेछन्।
ग्राहकले यो फोन ८ जिबी/१२८ जिबी, ८ जिबी/२५६ जिबी, १२ जिबी/२५६ जिबी र १२ जिबी/५१२ जिबी स्टोरेजमा पाउनेछन्।
कम्पनीले फोनको मूल्य भने सार्वजनिक गरेको छैन।
चिनियाँ मोबाइल ब्राण्ड रियलमी नेपाली बजारमा पनि अत्यधिक रूचाइएको छ।