चिनियाँ मोबाइल कम्पनी भिभोले भिभो–वाई ४०० प्रो फाइभजी भारतीय बजारमा सार्वजनिक गरेको छ।
भारतीय सञ्चार माध्यमका अनुसार कम्पनीले उक्त फोन गत शुक्रबार सार्वजनिक गरेको हो।
फोनमा ६.७७ इञ्चको एमोलोइड डिस्प्ले जडान गरिएको छ। फोनको पछाडि भागमा दुइटा क्यामरा छन्। जसमा ५० मेगापिक्सलको मुख्य र २ मेगापिक्सलको सहायक क्यामरा छ।
त्यस्तै, ३२ मेगापिक्सलको सेल्फी क्यामरा छ। फोनमा पाँच हजार पाँच सय एमएएच क्षमताको ब्याट्री साथै ९० वाटको फास्ट चार्जिङ सुविधा दिइएको छ।
फोनमा एआई फिचर्स समावेश गरिएको छ।
ग्राहकले फोन ८ जिबी १२८ जिबी र ८ जिबी २५६ जिबी स्टोरेजमा किन्न सक्नेछन्। फोनको मूल्य क्रमशः २४ हजार ९ सय ९९ र २६ हजार ९ सय ९९ भारू तोकिएको छ।