ललितपुरको झम्सीखेल तथा आसपासका क्षेत्रमा बिहीबार बिहानैदेखि नेपाल टेलिकमको सिस्टममा समस्या देखिएको छ।
टेलिकमको सिमबाट फोन गर्दा नलाग्ने र म्यासेज गर्दा नजाने समस्या देखिएको हो।
यसबारे कुरा गर्दा टेलिकमका प्रवक्ता हरि ढकालले नेपाल विद्युत प्राधिकरणको टावरमा समस्या देखिएकाले टेलिकमको सेवा प्रभावित भएको बताए।
'प्राधिकरणको टावरमा आगलागी भएर उक्त क्षेत्रमा समस्या आएको हो देशभरको समस्या होइन,' उनले भने।
साँझसम्म समस्या समाधान हुने उनले बताए।