नेपाली स्मार्टफोन बजारमा प्रविधिको नयाँ अध्याय सुरू गर्दै रियल मीले रियल मी १४ सिरिजको सार्वजनिक गरेको छ।
प्राविधिक उत्कृष्टता, स्टाइल र गेमिङ क्षमताको अभूतपूर्व संयोजन भएको यस सिरिजमा रियल मी १४ टी ५जी र १४ ५जी जस्ता शक्तिशाली स्मार्ट फोनहरू समावेश छन्।
रियलमीको यो नयाँ सिरिज आधुनिक प्रयोगकर्ताको आवश्यकता र चाहनालाई ध्यानमा राखी डिजाइन गरिएको हो, जसमा उच्च प्रदर्शन, गेमिङ–मैत्री विशेषता, उन्नत क्यामेरा प्रणाली र फास्ट चार्जिङ जस्ता सुविधाहरू समावेश रहेका छन्।
रियलमी १४ टी फाइभजीका विशेषताः
रियलमी १४ फाइभजीमा स्नापड्रागन ६ जेन ४ फाइभजी चिपसेट, एडभान्स बायोनिक कुलिङ सिस्टम र ६००० एमएएच टाइटन ब्याट्री समावेश छ।
जसमा १२० हर्जको एमोलेड ई–स्पोट्र्स डिस्प्ले, उत्कृष्ट कनेक्टिभिटीका लागि एन्टेना एरे म्याट्रिक्स २.०एफ, स्मार्ट एआई फिचरका साथै आइपी ६६, आइपी ६८/आइपी ६९ प्रमाणित मजबुत डिजाइन छ।
स्लिम र प्रिमियम डिजाइन रहेको यस फोनले आकर्षक रूप र सजिलो ह्यान्डलिङ अनुभव प्रदान गर्नेछ।
एआई आधारित क्यामराः सामाजिक सञ्जालका लागि उत्कृष्ट फोटो/भिडिओ अनुभव।
५जी ड्युल सिम सपोर्टः यसमा भविष्यमैत्री कनेक्टिभिटी टेक्नोलोजी रहेको छ।
रियल मी १४ ५जीका विशेषताहरू:
- ६.७२ इञ्चको ठूलो एफएचडी+ डिस्प्ले
- १२० हर्जको उच्च रिफ्रेस रेट जसले स्क्रोलिङ स्मुथ हुन्छ।
- यसमा २००० निट्ससम्मको पिक ब्राइटनेस छ जसले उज्यालो घाममा पनि सजिलै देखिन्छ।
- यो फोनमा स्नापड्रागन आर ६ जेन ४ फाइभजी चिपसेट छ। इो शक्तिशाली प्रदर्शन र प्रभावकारी मल्टीटास्किङका लागि सक्षम छ।
अन्य विशेषता
- ६००० एएमएचको ठूलो ब्याट्री
- ४५ वाट/सुपरभोक फास्ट चार्जिङ सपोर्ट
- छोटो समयमा चार्ज, लामो समय प्रयोग
- ५० एमपी मुख्य क्यामेरा
- ए आइसपोर्टसहित स्पष्ट र आकर्षक तस्बिरहरू
- ८ एमपी फ्रन्ट क्यामेरा- सेल्फी र भिडियो कलका लागि उपयुक्त
- अल्ट्रा स्लिम बडी (७.८९ एमएम)
- हल्का तौल १९० ग्राम
- आकर्षक र प्रिमियम फिनिश डिजाइन
- १२ जिबी र्याम+२५६ जिबी स्टोरेज
- डाइनामिक र्याम एक्सपान्सन मार्फत थप २१ जिबीसम्म विस्तार गर्न सकिने
- स्टोरेज विस्तारको लागि इक्रो एसडी कार्ड सपोर्ट
- साइड (माउन्टेड फिङ्गरप्रिन्ट स्क्यानर एआई
- एआई फेस अनलक सपोर्ट
- डुअल सिम सपोर्ट
- एन्ड्रोइड १४ मा आधारित यो फोनमा ३.५ एमएम हेडफोन ज्याक र युएसबी टाइप–सी पोर्ट
रियलमी १४ सिरिजको अग्रिम बुकिङ सुरू भइसकेको छ भने पहिलो बिक्री पनि चाँडै सुरू हुने कम्पनीको भनाइ छ।
रियलमी १४ सिरिज अब नेपालभरका आधिकारिक स्टोरहरू तथा अनलाइन डिजिटल पार्टनरहरू मार्फत उपलब्ध छ।